वर्षामा कपडा सुक्न समय लाग्नु सामान्य हो। तर भिजेको कपडा धेरै बेर थुपारेर राख्दा दुर्गन्ध र ढुसी लाग्न सक्छ।
हावा चल्ने ठाउँ छान्नुहोस्
कपडाबीच खाली ठाउँ राख्नुहोस् र सम्भव भए फ्यानको हावा लाग्ने ठाउँमा राख्नुहोस्। एउटै ह्यांगरमा धेरै कपडा नथुपार्नुहोस्।
अतिरिक्त पानी निकाल्नुहोस्
मेसिनको स्पिन चक्र पूरा भएपछि मात्र कपडा निकाल्नुहोस्। हातले धुने कपडाबाट पनि पानी धेरै निचोरेर निकाल्दा सुक्ने समय घट्छ।
आधा सुकेको कपडा नथन्क्याउनुहोस्
कपडा छोएर चिसो वा गिलो लाग्छ भने अझै सुक्न बाँकी छ। यस्तो कपडा दराजमा राख्दा अरू कपडामा पनि गन्ध सर्न सक्छ।
🌧️ ध्यान दिनुहोस्: तौलिया र बाक्ला कपडा अन्य कपडाभन्दा छुट्टै सुकाउँदा राम्रो हुन्छ।
वर्षामा समय नमिलेमा चम्किलो लन्ड्रीमा पिकअप बुक गर्न सक्नुहुन्छ। ५ केजी वा बढी अर्डरमा पिकअप र डेलिभरी निःशुल्क छ।
